काठमाडौं, २१, चैत । कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा एकैदिन १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ। एक दिनमा मृत्यु हुने संख्यामा यो अहिलेसम्मकै उच्च भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यसअघि अमेरिकामा एक हजारभन्दा धेरैको मृत्यु भएको थियो।

फ्रान्समा मृत्यु हुनेको संख्या ५ हजार ३ सय ८७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टाभित्र फ्रान्समा २ हजार १ सय १६ जना संक्रमित थपिएका छन्। योसँगै संक्रमित हुनेको संख्या ५९ हजार नाघेको छ। फ्रान्सपछि शुक्रबार सबैभन्दा धेरै अमेरिकामा ९ सय ६८ को मृयु भएको थियो भने इटालीमा ९ सय ६१ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0