भारतमा कोरोनाबाट ७२ जनाको मृत्युः ५४५ कोरोनाका नयाँ संक्रमित भेटिए

काठमाडौं, २१ चैत । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण भारतमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । ५४५ कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा अहिलेसम्म २ हजार ५४३ जनामा कोरोनाको संक्रमण देखिएको छ । १९१ जना कोरोनाको उपचारपछि घर फर्किसकेका छन् ।

२ हजार २८० जनाको उपचार भइरहेको छ । संक्रमण थप फैलिन नदिन भारत सरकारले तीना हप्ता लामो लकडाउन गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE