कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६५ हजार ८ सय ३२ पुग्यो

काठमाडौं । विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण विश्वका २०८ देशमा पुगेको छ ।

कोराना भाइरसको संक्रमणबाट ६५ हजार ८ सय ३२ जनाले ज्यान गुमाएका छन् । आजमात्रै १ हजार ११४ जनाको मृत्यु भएको छ ।

त्यस्तै कोरोना संक्रमितको संख्या १२ लाख १७ हजार ७२४ पुगेको छ । आजमात्रै १६ हजार २७१ जनामा नयाँ संक्रमण देखिएको छ । संक्रमितमध्ये ८ लाख ९८ हजार १४८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ती मध्ये ४४ हजार ६९२ जनाको अवस्था गम्भीर छ । उपचार गराएर २ लाख ५३ हजार ७४४ जना घर फर्किएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले अमेरिकामा सबैभन्दा धेरै भएको छ ।

अमेरिकामा ३ लाख ११ हजार ६ सय ३७ जनामा संक्रमण देखिएको छ ।

८ हजार ४५४ जनाले ज्यान गुमार्एका छन् । त्यस्तै इटालीमा सबैभन्दा धेरै १५ हजार ३६२ जनाको मृत्यु भएको छ । १ लाख २४ हजार ६३२ संक्रमित भएको इटालीमा आज नयाँ संक्रमण देखिएको छैन ।

त्यस्तै स्पेनमा १ लाख ३० हजार संक्रमित छन् । कोरोनाकै कारण स्पेनमा ज्यान गुमाउनेको संख्या १२ हजार ४१८ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE