सनसिटी अपार्टमेन्टमा बसोबास गर्नेहरुको कोरोना परीक्षण सुरु

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना भाइरस संक्रमण पुुष्टि भएसँगै त्यहाँ बसोबास गर्नेको परीक्षण सुरु भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अपार्टमेन्टमा बसोबास गर्नेमध्ये ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलाको -यापीड डायगोनिस्टिक (आरडीटी) पछि पीसीआरबाट थप परीक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट आएको छ । बाँकी एक जनाको भने पोजेटिभ नआएको मन्त्रालयले जनाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको -यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उनीहरुको स्वाबको नमूना लिएर परीक्षणका लागि पठाइएको थियो । आमा, छोरा र बुहारी चैत ५ गते बेलायतबाट आएको प्रहरीले जनाएको छ ।

मन्त्रालयले अपार्टमेन्टमा बस्ने व्यक्तिहरुको परीक्षण सुरु गरेको जनाउँदै उनीहरुसँग संलग्नहरुको ट्रेसिङ पनि सुरु भएको जनाएको छ । योसँगै नेपालमा कोरोनासंक्रमितको संख्या १६ पुगेको छ । यसमध्ये एक जना भने निको भएर घर फर्किसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE