नेपालि मुस्लिम समुदाय गलत रहेछ्न भन्ने कुरा मुस्लिम आयोगको गतिविधिले प्रमाणिात गरिदियो: ताज मोहम्मद मियां

प्रसंग कथित मुस्लिम आयोगले गठन गरेको अनुगमन उपसमितिको बारेमा! आयोगले मुस्लिम आयोगले नेपालको कुनै पनि मस्जिदमा लुकेका छैनन र फसेको पनि छैनन भन्यो हामिले पनि तै भनेउ। जब मस्जिदमा कोइ लुकेका छैनन र फसेका पनि छैनन भन्यो भने, आखिर यो अनुगमन के का लागि ?? किन यो अनुगमनको नाममा मुस्लिम समुदायलाई मात्र आतंकित पारिएको छ? के नेपालमा मुस्लिम धर्मावलम्बी मात्र छ्न?

यो कस्लाइ देखाउन र कसलाई रिपोर्ट बुझाउन यस्ता कार्य गरेकोछ। यसको भित्री उद्देश्य के हो भन्ने कुरा गम्भीर भएर सोच्नु पर्ने समय आएको छ। या त नेपाली मुस्लिम कोरोना भाइरस फैलाउनमा सकृय रहे वा कोरोना बम मुस्लिम हो भन्न सक्न पर्यो होइन भने मुस्लिम आयोगले अन्यथा यो घुमाउरो पाराले बिशेश मुस्लिम लाई मात्र अनुगमन र खान तलासी किन? नेपालमा पाछ ओटा यस्ता आयोग छ्न तर ती संबैधानिक आयोगले यस्तोमा किन हात हाल्दैनन।मुस्लिम आयोगको उक्साहडमा बारम्बार मस्जिद मद्रशामा केको लागि प्रहरी प्रशासनले आतंककारीहरु लुकिछिपी बसेको जस्तो गरि मुस्लिम समुदायलाई किन अपराधिकरण र आतंकित गर्दैछ राज्यले। के नेपालमा मुस्लिमहरु को मात्र धार्मिक स्थल छ भन्न खोजेको। यो समिती बनाउदा यसले के असर पार्छ समुदाय समुदाय बिच।

एउटा बिशेश समुदाय अपराधी जस्तो भएर खुम्चेर बस्छ भने अरु समुदायले सधैं यो मुस्लिम हरु त यस्ता पो रहेछ्न भनेर कोच्नेछ्न र समुदाय डोम्निट अपमानित भएर बस्ने छ्न सधैंको लागि के यहिहो आयोग को कर्तव्य। यो सिंगो समुदायलाइ अपराधिकरण गर्न आयोग किन तल्लिन छ यो बुझ्न गरुरी छ। आयोगको यो अतिबादी सोचको कारण नेपालि मुस्लिम दोस्रो नागरिक हो भन्ने एकातिर प्रमाणिात गरेको छ भने अर्को तिर आफू बाट भए गरेका गल्ती उपसमिति नामक मार्फत समुदायको टाउकोमा तरवार लट्काउने जमर्को गरेको देखिन्छ। हिजो र आज सामाजिक संजालमा आयोगले नियुक्ति दिएको फोटोकपी हालेको हालै देखियो वास्तवमा यो आफैमा अबैधानिक पनि छ। त्यो फोटोकापी भित्र नाम परेका केही ब्याक्ती खुसिले फुलेका छ्न भने नाम नपर्नी मान्छे हरु मन दुखाएर मरिच जसरी खुम्चेका पनि छ्न।

यो फुल्नु पनि गलत हो र खुम्चिनु पनि गलत हो। आयोग र आयोगलाइ सपोर्ट गर्न तम्सेका दुई चार जना साथिहरुको दिमागमा यो किन गएन कि यो धर्मनिरपेक्ष मुलुकहो राज्यले सबैलाइ समान निति नियम बनाएको छ कसैलाइ काख कसैलाइ पाखा राज्यले पटक्कै गर्दैन तब पनि आखिर मुस्लिम समुदायको धार्मिक स्थलमा अनुगम किन भनेर सोच्न सक्नु भएन यो आत्मघाती र दुर्भाग्यपूर्ण कदम हो। तेसैत मुस्लिम समुदाय विभिन्न भारतीय वा स्वदेशी बिकाउउ मिडिया द्वारा लगाइएको आरोप बाट तनावमा समुदाय छ भने तै माथी अनुगमन।

यो अनुगमनले मुस्लिमले नै कोरोना फैलाउने प्रमुख भुमिका र मस्जिद मद्रसामा लुकिछुपी बसेका छ्न भन्ने कुरा प्रमाणित गरेको छ । मुस्लिम समुदायले यो बिसयलाई गम्भीरता पुर्वक लिएका छन र लिने पनि छन। यो देशमा सदियौं देखि मिलेर बसेका समुदाय समुदाय बिच संका उपसंका गराने तिर आयोग नलागोस र सद्भाव सहिष्णुता एकतामा जोड्दियोस। राज्यले मुस्लिम को लागि एउटा कानुन अरुको लागि अर्को कानुन अहिले सम्म गरेको पनि छैन र गर्ने पनि छैन तसर्थ आयोगले मिलेर बसेका समुदाय समुदाय बिच अबिस्वासको बातावरण सिर्जना गराउने काम नगरोस् भन्ने आग्रह गर्दै यस्ता उट्पट्याङ उट्पट्याङ खालको काम नगर्न सचेत समेत गराउदछु। धन्यवाद।

-ताज मोहम्मद मियां, नेता नेकपा/पुर्ब हज कमिटी अध्यक्ष

WRITE COMMENTS FOR THIS ARTICLE