काठमाडौं, २२ असार । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग ‘वान टु वान’ भएको आजको वार्ता सकिएको छ । वार्ता सकिएपछि अर्का अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् ।

दुवै अध्यक्षको छलफलपछि आजको स्थायी कमिटी बैठक सहमतिको प्रयत्न गर्ने भन्दै बुधवारसम्मलाई स्थगित गरिएको छ ।यसबीचमा दुईपटक अन्य सहयोगी नेताहरुसहित वार्ता गरेका ओली र प्रचण्ड सोमवार भने एक्लाएक्लै संवादमा थिए ।

दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने खुलेको छैन । तर, प्रचण्ड बालुवाटारबाट बहिरिदा प्रफुल्ल मुद्रामा देखिएका छन् । बैठक भोली पुन बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0