सडक विभाग अन्तरगतका कर्मचारीहरु आन्दोलित

काठमाडौं ।  तत्कालिन डोलिडार (हाल डोलि बिभाग) अन्तर्गतका ईन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूहका ३७७ भन्दा बढि प्राविधिक कर्मचारीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ईन्जिनियरिङ सेवा,सिभिल समुह, हाईवे उपसमुहमा गाभ्ने गृहकार्य अघि बढाएपछि सडक विभागकाका कर्मचारीहरु धर्ना लगाएतका आन्दोलनमा उत्रिएका छन ।

डोलि विभाग अन्तरगतबाट प्रदेश र स्थानीयतहमा समायोजन भईका प्राविधिक कर्मचारीहरूको अत्याधिक कार्यबोझका कारण सम्बन्धित तहको सेवा प्रवाहमा गंभीर असर परिरहेको अवस्थामा संघमा समायोजन भएका उल्लिखित ३७७ जना कर्मचारीहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब २ वर्ष देखि काम विहिन रूपमा राखेर अहिले हाईवे उपसमुहमा गाभ्न खोजेकोले आन्दोलन गर्नु परेको सडक बिभागका कर्मचारी तथा नेपाल निजामती कर्मचारी युनियन संघका संघीय उपाध्यक्ष उपेन्द्र महरानले बताए।

सडक तथा पुल लगायतका बृहत कार्यक्षेत्र र कार्यबोझ अनुसारको जिम्मेवारी समयमै सम्पन्न गर्न आवश्यक दरबन्दी र संगठनक संरचना थप गर्न सडक विभागले पटक पटक संगठन तथा व्यवस्थापन सर्भेक्षण पेश गर्दा अस्वीकार गरेको संघीय मामिला मन्त्रालय नै अहिले आएर विशिष्ट खालको छुट्टै समुहलाई हाईवे समुहमा गाभ्न तयार भएको देखिंदा विभिन्न आशंकाहरु उब्जिएको महरानले बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री मुख्य-सचिव ,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तथा सडक विभागका महानिर्देशक लगायतले जनरल उपसमूहलाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत ल्याउन अनुमति नदिने आश्वासन दिएकोले अवस्थामा केहि समयकालागि आन्दोलन अन्तरगतको धर्ना कार्यक्रम स्थगित गरेको र आन्दोलित कर्मचारीहरुको माग सम्बन्धित निकायले सुनुवाइ नगरेमा पुनः सशक्त आन्दोलनमा प्रस्तुत हुने उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE