संक्रमण बढी रहेको हुँदा सावधानी अपनाउनुको विकल्प रहेनः सुनिल साह

अमेरिकाः गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्,अमेरिकाका अध्यक्ष सुनील साहले अझैपनि कोरोनाको संक्रमण नघटिरहेको सन्दर्भमा सावधानी अपनाउनु आवश्यक रहेको बताउनु भएको छ । अध्यक्ष साहले एक विज्ञप्ती जारी गर्दै अझैपनि कोरोनाको संक्रमण नघटिरहेको सन्दर्भमा तपाई हामी सबैंले निकैं सावधानी अपनाउनु आवश्यक रहेको बताउनुभएको हो ।


केही समय देखि विश्व कोरोनाको कहरसँग जुधिरहेको छ, उहाँले भन्नुभ्यो, कोभिड–१९ ले विश्वको अर्थतन्त्रमा धक्का पुगेको छ भने जनजीवन समेत ठप्प प्रायस् बन्न पुगेको छ ।

कोरोनाका कारण अमेरिकाबासी तपाई हामी पनि प्रभावित बनिरहेका छौं । र पनि अहिलेको मुख्य पक्ष भनेको यसवाट बच्नका लागि तपाई हामी सबैं सचेत र सजग हुनु हो । काममा जानुपर्ने अवस्थामा होस् या कुनै कार्य विशेषले घर बाहिर निस्कन पर्ने अवस्थामा होस् हामीले संक्रमणवाट जोगिन निकै सावधानी अपनाउन आवश्यक छ । विश्व शक्ति राष्ट्रहरु कोरोना विरुद्वको भ्याक्सिन निर्माणमा जुटिरहेका छन्, आाशा गरौं छिटो भन्दा छिटो त्यो भ्याक्सिन सर्वसाधारण सम्म पुग्न सकोस् । र औषधीको सर्वसुलभता नहुँदा सम्म हामीले गर्न सक्ने भनेको स्वयं सावधानी अपनाउनु नै हो, उहाँले भन्नुभयो ।

उहाँले गैर आवासीय नेपाली संघ अमेरिका कोरोनाको कहरवाट अमेरिकाको नेपाली समुदायलाई परेको समस्यालाई लिएर चिन्तित रहेको भन्दै, यससँग जोडिएका धेरै पाटोहरुमा संघको तर्फवाट गर्न सक्ने प्रयासहरु संघले गरिनै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहयोग देखि सचेतनाका कार्यक्रममा संघ केन्द्रीत रहेको छ । आगामी दिनमा पनि संघको सक्रियता रहीनै रहनेछ । वर्तमान अवस्थामा अमेरिकी सरकारले दिने सहुलियतका कार्यक्रम देखि लिएर राहतका योजना लगायतका कुनै पनि विषयमा जान्न, बुझ्न वा कुनै सहयोग आवश्यक परेको खण्डमा संघ सदैव सम्पर्क र सहकार्यका लागि तयार रहेको आम अमेरिकावासी नेपालीमा जानकारी गराउन चाहन्छु, उहाँले बताउनुभयो ।

 

 

आदरणीय अमेरिका निवासी गैर आवासीय नेपालीमा नमस्कार । केही समय देखि विश्व कोरोनाको कहरसँग जुधिरहेको छ । कोभिड–१९ ले…

Posted by Suneel Sah on Friday, August 7, 2020

WRITE COMMENTS FOR THIS ARTICLE