शुक्रबार काठमाडौं उपत्यकामा १८२ संक्रमित थपिए

काठमाडौं, ५ भदौ । काठमाडौं उपत्यकामा शुक्रबार थप १८२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्। उहाका अनुसार काठमाडौं १४२ ललितपुरमा २५ र भक्तपुरमा १५ संक्रमित थपिएका हुन्। गौतमका अनुसार काठमाडौं जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। यसअघि बिहीबार उपत्यकामा २ सय संक्रमित थपिएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE