काठमाडौंमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं, ५ भदौ । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो । उनलाई ग्रिनसिटी अस्पतालबाट बिहीबार मात्र बलम्बु लगिएको थियो ।

उनी साउन ३० गते सप्तरीको राजविराजबाट काठमाडौं आएका थिए । त्यही दिन वीर अस्पतालको प्रयोगशालामा स्वाब दिएका उनको रिपोर्ट ३२ गते पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । त्यसयता ग्रिनसिटीमा रहेका उनको अवस्था गम्भीर भएपछि बिहीबार मात्र एपीएफ अस्पताल लगिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE