काठमाडौंमा घरबेटीको कुटाइबाट डेरावालको मृत्यु

काठमाडौं, २६ भदौ । काठमाडौंको कीर्तिपुरमा एक व्यक्तिको हत्या भएको छ । कीर्तिपुर नगरपालिका–७ का प्रेमलाल महर्जनको कुटाइबाट ४० वर्षीय शम्भु चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, प्रेमलाल महर्जन घरबेटी हुन् भने शम्भु चौधरी उनको घरमा डेरामा बस्दै आएका व्यक्ति हुन् । महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारका अनुसार, शुक्रबार विहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले घरबेटी महर्जनलाई पक्राउ गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE