काठमाडौं, २८ भाद्र । भारत सरकारले नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुलाई वितरण गर्नेगरि आपतकालिन राहत सामग्री प्रदान गरेको छ । भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी। खम्पाले प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिलामैत्री समाजकी अध्यक्ष चन्दा चौधरीलाई उक्त आपतकालिन राहत सामग्री आज हस्तान्तरण गरेकी हुन् ।

दूतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘टेन्ट तथा त्रिपाललगायतका उक्त राहत सामग्रीहरु नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुलाई वितरण गरिनेछ । बाढी र पहिरोका कारण हालसालै भएको विनाश र जनधनको क्षतिलाई ध्यानमा राख्दै यी राहत सामग्रीहरु नेपाल–भारत महिला मैत्री समाजले प्रदेश नम्बर २, ३, ५ र ७ का महोत्तरी, कलैलाली, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी वितरण गर्नेछ ।’

भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायताअन्तर्गत उक्त राहत सामग्री नेपाललाई वितरण गरिएको पनि दूतावासले स्पष्ट पारेको छ ।

त्यस्तै, नेपाल–भारत महिलामैत्री समाजले एक विज्ञप्ती जारी गर्दै भारत सरकारद्धारा प्रदान गरिएको आपतकालिन राहत सामाग्री अति प्रभावित ५ जिल्लामा गएर वितरण गर्ने जनाएका छन् । विज्ञप्तीमा संस्थाको आग्रहमा भारत सरकारले नेपालमा आई परेको विपद्को बेला सहयोग गरेको भन्दै भारत सरकार नेपालका लागि भारतीय राजदुत महामहिम श्री विनय क्वात्रा सहित दुतावासका सम्पूर्ण कर्मचारीलाई आभार प्रकट गर्दै धन्यवाद समेत ज्ञापन गरेका छन् । त्यस्तै, संस्थाले आपतकालिन राहत वितरण गर्ने अनुमति प्रदान गरेको नेपाल सरकार र स्थानीय स्तरमा समन्वय गर्ने स्थानीय सरकारका प्रतिनिधिलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0