पूर्वअर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त

काठमाडौं, ३० भदौ । सरकारले पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो । खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो। प्रधानमन्त्री ओलीका विश्वासपात्र खतिवडाले सांसद नभई ६ महिना बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण राजीनामा दिनुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE