सिरहा कारागारका १ सय ४८ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

सिरहा, , ३० भदौ । सिरहा कारागारका १ सय ४८ कैदीबन्दीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गत भदौ २५ मा २ सय ४६ जनाको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिएको थियो । मंगलबार आएको परीक्षण रिर्पोटमा १ सय ४८ जना कैदीबन्दीमा संक्रमण देखिएको हो ।

यस्तै सोमबार १५ जना कैदीबन्दीको रिपार्ट पनि पोटिटिभ आएको थियो । योसँगै १ सय ६३ जना कैदीबन्दीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनु भयो ।स्वाब संकलन भएका २ सय ४६ मध्ये पटक–पटक गरी अहिलेसम्म २ सय ६ जनाको परीक्षणको रिर्पोट आइसकेको छ । यसअघि कारागारका ८४ जनामा संक्रमण देखिएका थियो । अहिलेसम्म कारागारमा संक्रमितको संख्या २ सय ४७ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE