वल्डलिंक स्थापनाको २५ औं बर्षः १० हजार ठाउँमा पब्लिक वाइफाइ जडान

काठमाडौं भदौं ३० गते । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले देशका १० हजार ठाउँमा सार्वजनिक वाईफाई विस्तार गरेको छ ।

आफ्नो स्थापनाको २५ औं वार्षिक उत्सव मनाइरहँदा देशैभर वाईफाई विस्तार गरेको वल्र्ड लिंकले जनाएको छ । कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराइएको कम्पनीका अध्यक्ष डिलिप कुमार अग्रवालले बताउनुभयो ।

 

मन्दिर, अस्पताल, बसपार्क, क्याफे तथा रेष्टुरेन्ट लगायतका स्थानमा कम्पनीले फ्री वाईफाई दिइरहेको छ । यसका साथै क्याफे तथा रेष्टुरेन्टबाट जडान वापतको न्यूनतम शूल्क लिने गरिएको भए पनि प्रयोगको लागि भने निस्शुल्क नै चलाउन पाइन्छ ।

कम्पनीका अनुसार हाल दैनिक एक लाख ५१ हजारले पब्लिक वाईफाई प्रयोग गरिरहेका छन् । कम्पनीले डेढ वर्षअघि १० हजार स्थानमा पब्लिक वाईफाई सेवा दिने योजना ल्याएको थियो । फिक्स्ड लाइन इन्टरनेट सेवा नलिएका ग्राहकलाई कम्पनीको सेवा अनुभुत गराउन यो योजना अगाडि सारिएको उहाँले जानकारी दिनुभयो ।

वल्र्डलिंक सन् १९९५ मा स्थापना भएको हो। वर्ल्डलिंकका अहिले ४ लाख ८५ हजार कनेक्सन छन् । त्यस्तै २१ लाख प्रयोगकर्ता रहेका छन् । यसले इन्टरनेट टिभीको सेवा पनि दिइरहेको छ । आइपी टिभीका ग्राक हाल १ लाख ८४ हजार छन् । दिनमा १५ लाख सक्रिय वाइफाइ प्रयोग कर्ता भएको कम्पनीले ३ हजार ९५० जनालाई रोजगारी दिएको छ ।

कम्पनी पब्लिक कम्पनीको रुपमा दर्ता हुने सम्पन्न भइ सकेपनि सर्वसधारणका लागि शेयर जारी गर्नका लागि भने केही तयारी आवश्यक पर्ने अग्रवालले जानकारी दिनु भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE