नेपाल भारत महिला मैत्री समाजद्वारा नवलपरासीमा टेन्ट तथा त्रिपाल वितरण

नवलपरासी ( बर्दघाट पश्चिम)/ ७ असोज। भारत सरकारको सहयोग एवं नेपाल भारत महिला मैत्री समाज काठमाडौंको समन्वयमा नवलपरासी (बर्दघाट पश्चिम) का सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका बाढी पिडितहरुका लागि टेन्ट र त्रिपाल प्रदान गरिएको छ ।

नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष एवं माननीय सांसद चन्दा चौधरीले १०५ टेन्ट तथा १६० त्रिपाल नेपाल गण्डक सिंचाई परियोजनाको कार्यालय परिसरमा गाउँपालिका अध्यक्षलाइ हस्तान्तरण गर्नु भयो । जिल्ला विपद् व्यवस्थान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्री सागर मणि पाठक ज्युको अध्यक्षतामा भएको एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष सांसद चन्दा चौधरीले उक्त टेन्ट प्रतापपुर गाउँपालिकाका कार्यकारी अध्यक्ष श्रीमती अन्जु चौधरी तथा सरावल गाउँपालिकाका अध्यक्ष श्री राधे श्याम चौधरीलाइ हस्तान्तरण गर्नु भयो । उक्त टेन्ट तथा त्रिपाल प्रतापपुरका वडा ३ र सरावल गाउँपालिका का वडा ६ र ७ मा वितरण गरिने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

कार्यक्रममा समाजका अध्यक्ष एवं सांसद चन्दा चौधरीले नेपालका ५ जिल्लामा बाढी पहिरोबाट पिडीत परिवारहरुलाई भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाजले राहत स्वरुप टेन्ट त्रिपाल वितरण गरिएको कुरा बताउनु भयो । उहाँले आफ्नो संस्थाले यस वर्ष तथा अघिल्ला वर्षमा बाढी पहिरो बाट सबै भन्दा धेरै विस्थापित भएका स्थानिय तहहरु लाइ अस्थाइ बासस्थान को प्रबन्ध मिलाउन सहयोग गरेको र स्थानिय तहहरुले पनि आबस्यकता भएका विस्थापित जनता लाइ उक्त टेन्ट वितरण गर्ने विश्वास ब्यक्त गर्नु भयो ।

कार्यक्रममा सम्बन्धित स्थानिय तह का विपद् व्यवस्थापन समिति का प्रतिनिधि, सम्बन्धित वडा का वडाध्यक्ष हरु, जसपा का केन्द्रिय सदस्य तथा नेपाल गण्डक सिंचाई परियोजना का अध्यक्ष हैदर अली ओमीन, नेकपा ५ न. क्षेत्रीय सदस्य युक्ति नारायण चौधरी लगाएत स्थानिय तहमा रहेका राजनैतिक दलका नेताहरुको उपस्थिति थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE