नेपाली भूभागमा कुनै भवन बनाएका छैनौं, नेपालले थप प्रमाणिकरण गर्न सक्छ: चिनियाँ दूतावास

काठमाडौं । हुम्लाको लाप्चास्थित नेपाली भूभागमा भवनहरु बनाएको भन्ने खबरलाई काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ ।

चिनियाँ दूतावासका प्रवक्ताले मंगलबार राति सञ्चारमाध्यमहरुलाई पठाएको प्रश्नोत्तर विज्ञप्तिमा आफ्नो देशले बनाएको भूभाग चीनकै रहेको दाबी गरिएको छ । यससम्बन्धमा नेपालले थप प्रमाणिकरण गर्न सक्ने दूताबासको सन्देशमा उल्लेख गरिएको छ ।

प्रवक्ताले नेपाल र चीनबीच कतै पनि सीमा विवाद नरहेको कुरा पुनः स्पष्ट पारेका छन् । प्रश्नोत्तर विज्ञप्तिमा भनिएको छ, ‘चीन र नेपाल असल छिमेकी हुन् । चीनले सधैं नेपालको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्दैआएको छ ।

सञ्चारमाध्यमहरुमा उल्लेख गरिएका भवनहरु चीन–नेपाल सीमाको चिनियाँ क्षेत्रमा रहेको प्रमाणिकरण गरिएको छ । नेपाली पक्षले फेरि पनि यसलाई प्रमाणिकरण गर्न सक्नेछ । चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद रहेको छैन । दुबै पक्ष सधैं सीमा सम्बन्धमा निकट रहेर सूचना आदनप्रदान गर्दै आएका छन् ।’

हुम्लाको नाम्खा गाउँपालिका ६ को लाप्चास्थित ललुङजममा रहेको सीमाक्षेत्रमा चीनले ९ वटा भवन बनाएको खबर सार्वजनिक भएपछि हुम्ला जिल्ला प्रशासनले स्थलगत अवलोकन गरेको थियो । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीले स्थलगत अध्ययन गरेर फर्किएको छ ।

Remarks by Spokesperson of Chinese Embassy :

Q: It is reported by some Indian media that China has constructed buildings on the Nepali side of the Nepal-China border. Do you have any comment?

A: China and Nepal are friendly neighbors. China has always respected Nepal’s sovereignty and territorial integrity. The buildings mentioned by the media have been verified to be on the Chinese side of the China-Nepal border. The Nepali side may make verification again. China and Nepal have no territorial disputes. The two sides have always maintained close communication on border affairs.

WRITE COMMENTS FOR THIS ARTICLE