नेपाल भारत महिला मैत्री समाजद्वारा कैलाली जिल्लामा टेन्ट तथा त्रिपाल वितरण

चुरे ( कैलाली)/ १० असोज । । भारत सरकारको सहयोग एवं नेपाल भारत महिला मैत्री समाज काठमाडौंको समन्वयमा कैलाली जिल्लाका चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका बाढी तथा पहिरो पिडितहरुका लागि टेन्ट र त्रिपाल प्रदान गरिएको छ ।

नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष एवं माननीय सांसद चन्दा चौधरीले १०५ टेन्ट तथा १६० त्रिपाल चुरे गाउँपालिकाको कार्यालय परिसरमा चुरे गाउँपालिकाका अध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रवक्तालाइ हस्तान्तरण गर्नु भयो| चुरे गाउँपालिकाका अध्यक्ष श्री धनबहादुर रोका मगर को अध्यक्षतामा भएको एक कार्यक्रमका बीच संस्था कि अध्यक्ष मा. चन्दा चौधरी ले उक्त टेन्ट सम्बन्धित स्थानिय तह लाइ हस्तान्तरण गर्नु भएको हो|

सो कार्यक्रम मा अध्यक्ष एवं सांसद चन्दा चौधरीले नेपालका ५ जिल्लाका बाढी पहिरोबाट पिडीत परिवारहरुलाई भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाज ले राहत स्वरुप टेन्ट त्रिपाल वितरण गरिएको कुरा बताउनु भयो । उहाँले आफ्नो संस्था ले यस वर्ष तथा अघिल्ला वर्ष मा बाढी पहिरो बाट सबै भन्दा धेरै विस्थापित भएका स्थानिय तह हरु लाइ अस्थाइ बासस्थान को प्रबन्ध मिलाउन सहयोग गरेको र यो वर्ष लगायत पहिले का वर्ष बाट पनि कैलाली मा चुरे गाउँपालिकामा पहिरो बाट धेरै परिवार र गोदावरी नगरपालिका का पनि परिवार हरु विस्थापित भएको देखिएको ले  यी टेन्ट तथा त्रिपाल हरु यी स्थानिय तह हरुलाई वितरण गरिएको जानकारी दिनुभयो| उक्त कार्यक्रम मा चुरे गाउँपालिका की उपाध्यक्ष श्रीमती दिया देवी साउद लगायत वार्ड १, र ६ का अध्यक्ष हरु, राजनैतिक दल का स्थानिय नेता हरु लगायत को उपस्थिति थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE