सर्लाही बसबरिया र बरहथवाका बाढी पिडितलाई नेपाल भारत महिला मैत्री समाजको सहयोग

बरहथवा (सर्लाही)/ १५ सर्लाही । भारत सरकारको सहयोग एवं नेपाल भारत महिला मैत्री समाज काठमाडौंको समन्वयमा सर्लाही जिल्ला का बसबरिया गाउँपालिका र बरहथवा नगरपालिकाका बाढी पिडितहरुका लागि टेन्ट र त्रिपाल प्रदान गरिएको छ ।

नेपाल भारत महिला मैत्री समाज की अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य माननीय चन्दा चौधरीले ५० टेन्ट तथा ५० त्रिपाल बरहथवा नगरपालिका को कार्यालय परिसर मा बसबारिया गाउँपालिका की उपाध्यक्ष तथा बरहथवा नगरपालिका की उप प्रमुख हरु लाइ हस्तान्तरण गर्नु भयो| बरहथवा नगरपालिका की उपप्रमुख श्रीमती सीता देवी माझी को अध्यक्षता मा भएको एक कार्यक्रम का बीच संस्था कि अध्यक्ष मा. चन्दा चौधरी ले उक्त टेन्ट सम्बन्धित स्थानिय तह लाइ हस्तान्तरण गर्नु भएको हो|

सो कार्यक्रम का विशिष्ट अतिथि तथा प्रदेश २ को प्रदेश सभा सदस्य माननीय श्री संजय यादव ले यी राहत मा आएका त्रिपाल तथा टेन्ट ले यो दुई स्थानिय तह का अती विपन्न तथा बाढी पीडित परिवार लाइ ठूलो राहत हुने बताउनु भयो| संघिय संसद मा मधेस को मुद्दा उठाउनु हुने माननीय चौधरी ले नेपाल का धेरै जिल्ला मा राहत तथा सेवा को काम गर्नु भएको र प्रदेश २ मा पनि उहाँले गर्नु भएको काम को जनस्तर बाटै प्रशंसा हुने गरेको माननीय यादव ले उल्लेख गर्नु भयो| कार्यक्रम कि प्रमुख अतिथि सांसद चन्दा चौधरीले नेपालका ५ जिल्लाका बाढी पहिरोबाट पिडीत परिवारहरुलाई भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाज ले राहत स्वरुप टेन्ट त्रिपाल वितरण गरिएको कुरा बताउनु भयो ।

उहाँले आफ्नो संस्था ले यस वर्ष तथा अघिल्ला वर्ष मा बाढी पहिरो बाट सबै भन्दा धेरै विस्थापित भएका स्थानिय तह हरु लाइ अस्थाइ बासस्थान को प्रबन्ध मिलाउन सहयोग गरेको र यो राहत सामग्री राजनीति या पार्टी या जात को आधार मा नभएर एकदम आबस्यकता मा रहेका विपन्न परिवार लाइ वितरण हुने विश्वास व्यक्त गर्नु भयो| यी राहत सामग्री स्थानिय तह लाइ हस्तान्तरण गर्नु को कारण पनि स्थानिय तह ले नै विपन्न परिवार को लागत राख्ने भएको ले निष्पक्ष रूपमा अती नै आबस्यक रहेका परिवार लाइ वितरण हुने विश्वास लिएको बताउनु भयो|उक्त कार्यक्रम मा बसबारिया गाउँपालिका की उपाध्यक्ष श्रीमती रिना कुमारी यादव, सर्लाही जिल्ला समन्वय समिति की सभापति श्रीमती जमुना पराजुली, बरहथवा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत श्री खिम व. भुजेल, बरहथवा नगरपालिका वार्ड नं १८ का अध्यक्ष मुने सराय, बरहथवा नगरपालिका वार्ड नं ५ का अध्यक्ष सञ्जय प्रसाद गुप्ता, वार्ड नं १७ का अध्यक्ष राम विश्वास राय लगायत अन्य राजनैतिक दल का स्थानिय नेता हरु, सामाज सेवी, बुद्धिजीवी, व्यवसायीहरु को उपस्थिति थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE