नेकपाभित्रको विवाद उत्कर्षमा, प्रचण्डद्धारा ओलीमाथिको आरोप गम्भीरः पोखरेल

काठमाडौं, २९ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सचिवालय बैठकमा प्रस्तुत भएको एकल प्रस्ताव फिर्ता गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

हिजोको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विभिन्न आरोपसहित प्रस्ताव पेस गर्नुभएको भन्दै उनले त्यो प्रस्ताव तत्काल फिर्ता गर्नुपर्ने बताएका हुन । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले तत्काल एकल प्रस्ताव फिर्ता गरेर एकताको मर्मअनुसार छलफललाई अघि बढाउन आग्रह गरेका छन् ।

उनले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भावना विपरीत सचिवालय बैठकमा प्रथम अध्यक्षविरुद्ध संगीन आरोपसहित एकल प्रस्ताव प्रस्तुत भएसँगै पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति भएको समेत बताएका हुन ।

उनले लेखेका छन्

WRITE COMMENTS FOR THIS ARTICLE