काठमाडौंः काठमाडौंमा भोली भव्य धोटी जुलुस आयोजना हुने भएको छ । प्रदेश नम्बर २ का युवाहरुले प्रधानमन्त्री ओलीको समर्थनमा भोली काठमाडौंको माइतीघर मण्डलामा भव्य धोती जुलुस आयोजना गर्न लागिएको प्रदेश २ का युवासंघ नेता शम्भुसाहले जानकारी दिनुभयो । उनले भने, नेकपाको भ्रातृ संगठन युवा संघ प्रदेश २ ले सो जुलुस निकाल्न लागेको हो ।


युवा संघका नेता शम्भु साहले जानकारी दिनुभएको अनुसार संस्थापन नेकपा र यसका अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन गर्दै जुलुस प्रदर्शन गर्न लागिएको हो ।

जुलुसको मुख्य नारा धोती कुर्था गम्छा मधेशी के शान बा, केपी ओली हमनी सबके जान बा रहेको छ ।

जुलुसमा मधेसका पहिचानका रुपमा रहेको धोती, गम्छा र कुर्ता लगाएर सहभागिहरुले माइतीघरबाट पैदल यात्रा गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0