काठमाडौं ः जनता समाजवादी पार्टी आधिकारिकता विवादमा राजेन्द्र महतोका पुरानो विश्वासिलो पात्र मनिष सुमनले पनि अन्तिममा साथ छाडेका छन् । निर्वाचन आयोगमा जसपाको कार्यकारिणी समिति सदस्यको ‘हेड काउन्ट’ जारी रहेको छ । हेडकाउन्टको आधारमा पार्टीको आधिकारिता उपेन्द्र यादवले पाउने निश्चित भएको छ । विश्वासिलो श्रोतका अनुसार उपेन्द्र यादवको पक्षमा ३३ जना भन्दा बढी कार्यकारिणी सदस्यको बहुमत रहेको छ ।

यसअघि ठाकुर र महतो पक्षमा रहेका मनिष सुमन ‘हेड काउन्ट’ मा भने उपेन्द्र यादव पक्षमा खुलेका छन्।

टुडेखबरकर्मी सँग कुराकानी गर्ने मिनष सुमनले भने, ‘मैले पार्टी एकताको लागि धेरै प्रयास गरेँ। जतापट्टी बहुमत छ, सबै त्यता जाऔं भनेर महन्थ ठाकुरलाई भनेँ, तर मान्नु भएन’, ‘मधेसमा संगठित पार्टीको आवश्यकता छन्। एकीकृत पाटी हुनुपर्छ भन्ने मेरो प्रयास छ। जहाँ मूलधारको पार्टी छ मैले त्यहाँ सनाखत गरेँ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0