उपेन्द्र यादवको पक्षमा ३४ जना कार्यकारीणीको हस्ताक्षर पुगेको दाबी

काठमाडौंः जसपाको अधिकारसम्बन्धी विवादमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको बताइएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पक्षमा बहुमत जुटिसकेको भन्दै अझैपनि आयोगमा सनाखतका लागि कार्यकारीणी सदस्यहरु आउने क्रम जारी रहेको बताए ।

उनले भने, ‘हाम्रो पक्षमा अत्यधिक बहुमत देखिएको छ। अहिलेसम्म ३४ जनाको हस्ताक्षर हाम्रो पक्षमा भएको छ, केही आउने क्रम जारी छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE