प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षीको बधाई सन्देश

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी लि खछ्याङले बधाई तथा शुभकामना दिएका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ ।

बधाई सन्देशमा चिनियाँ प्रधानमन्त्रीले देउवाको कार्यकालमा नेपाल र चीनको सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास लिएका छन् । नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न आफू इच्छुक रहेको समेत खछ्याङले उल्लेख गरेको जनाइएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE