काठमाडौं । नेपाल भारत उद्योग बाणिज्य संघ र भारतीय दुतावासका अधिकारीहरुबीच द्धिपक्षीय विभिन्न विषयहरुमा छलफल भएको छ । दुई पक्षबीच पर्यटक सर्किट प्रर्बद्धनको बारेमा छलफल भएको हो । बौद्ध, रामायण, महाभारत, सिख र शिव शक्तिको प्रवर्द्धन गर्ने, नेपालमा भारतीय लगानी आकर्षित गर्ने, विशेष गरी उदीयमान क्षेत्रहरुमा र निर्माण र कृषि क्षेत्रमा व्यवसायिक अवसरहरुमा भारतीय लगानी आर्कर्षित गर्ने बिषयमा दुवै पक्षबीच छलफल भएको जनाएको छ ।

छलफलको क्रममा एनआईसीसीआईले उदीयमान उद्यमीहरुलाई प्रवर्द्धन गर्न भारत नेपाल पार्टनरशिप समिट, वित्तीय क्षेत्र शिखर सम्मेलन र भारत नेपाल इनोवेशन केन्द्र स्थापना सहित यी विषयहरुमा विस्तृत योजना कार्यान्वयन गर्ने प्रस्ताव अगाडि सारेका छन् । छलफलको क्रमा रेलवे क्षेत्र सहयोगको बारेमा पनि विस्तृत छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0