छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट प्रहरीद्धारा बरामद

सप्तरी, १८ साउन। प्रसिद्ध सप्तरीको छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चोरी भएको चाँदीको मुकुट सहित प्रहरीले एक व्यक्तिलाई समातेको छ ।

प्रहरी प्रशासनको व्यापक खोजतलासको क्रममा सप्तरीको विष्णुपुर गाउँपालिका ५ बस्ने राजेश कुमार मण्डल चाँदीको मुकुट सहित समातिएको हो । उनलाई प्रहरीले सोमबार विहानै पक्राउ गरेहो हो । आइतबार साँझ करिब ७ः१५ बजेतिर मन्दिरबाट भगबतीको चाँदीको मुकुट चोरी भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE