नायिका पुजना प्रधानले भनिन, ‘राजा आउ, देश बचाउ’

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित नायिका पुजा प्रधानमले राजा आउ देश बचाउको नारा दिएकी छन । केही दिन अगाडि पूर्व युवराज पारस शाहको समर्थनमा उत्रिएकी नायिका प्रधानले आज एक अर्काे पोष्ट लेख्दै राजा आउ देश बचाउको नारा दिएकी छन ।

उनले सामाजिक सन्जालमा लेखेको स्टाटस यस्तो छ ।
” मैले पारस साहको समर्थनमा स्ट्याटस राख्दा धेरैले नानाथरी भनेर कम्मेट गरे। कतिले त मलाई पनि सोनिकालाई जस्तै बाइकमा चडाएको होला सम्म पनि भने। जसको जति सोच छ उसले बुज्ने र भन्ने पनि त्यति नै हो। मलाई यसमा केही भन्नु छैन। हाल सम्म मैले न पारस साह सरकारलाई प्रत्यक्ष देखेकी छु न भेटेकी छु। पारस साह सरकारलाई यति भन्न चाहान्छु हजुर कै पुर्खाले आर्जेको देश हो यो यसलाई अरुको हातमा जान नदिनुस।सबैले हजुर लाई गलत भन्छन आफ्नो गलत बानिहरु सुधारी कतैबाट नेतृत्व सुरु गरेर राम्रो काम गर्नुस नेपालको सबै युथहरुको साथ र समर्थन हजुरलाई मिल्नेछ। हानिलाई हाम्रो सिंगों देश चाहीन्छ हामीलाई राजा रानी चाहिन्छ। राजा आउ देश बचाउ”

WRITE COMMENTS FOR THIS ARTICLE