ठाकुर र महतो देश दौडहामाः विभिन्न जिल्लामा जसपाको नाममा कार्यक्रम आयोजना हुदैं (तालिका सहित)

काठमाडौं । महन्थ ठाकुर र राजेन्द्र महतो समुह देश दौडहामा निस्किने भएका छन । निर्वाचन आयोगबाट जसपाको आधिकारिकता गुमाएका महन्थ ठाकुरले सोही पार्टीको अध्यक्षकै हैसियतमा अपील जारी गर्दै आफना कुरा नेता तथा कार्यकर्ता समक्ष राख्न देश दौडहामा जान लागिएको हो । बुधबार जारी अपीलमा पार्टी अध्यक्ष उपेन्द्र यादवको आलोचना गर्दै केपी ओली नेतृत्वको तत्कालीन सरकारमा आफूहरु मधेसको माग पुरा हुने देखेर नै सहभागी भएको जिकिर गरिएको छ ।

उपेन्द्र यादवले १८ महिना सरकारमा रहँदा पनि मधेसको मागप्रति सिन्को भाँच्न नसकेको उल्लेख गर्दै ठाकुरले आफूहरुले १८ दिनमै मधेसका कयौं माग मुद्दाहरु पुरा गराएको दावी गरेका छन् ।

विभिन्न जिल्लामा जसपाको नाममा नै नेता तथा कार्यकर्ता भेला हुने कार्यतालिका समेत सार्वजनिक भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE