रामचन्द्र पोडेलद्धारा सभापति देउवालाई टक्कर, ४७ जिल्लाका सभापति भेलामा सहभागी

काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेर बहादुर देउवालाई ठुलो झट्का दिनु भएको छ । पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेका बेला बरिष्ठ नेता पौडेलले आपना निकट जिल्ला पार्टी सभापतिको भेला बोलाएर झट्का दिनु भएको हो । पार्टीको १४ औं महाधिवेशन केन्द्रित आफ्नो रणनीति बनाउन रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापति भेलामा ७७ मध्ये ४७ जिल्लाका सभापति सहभागी भएका छन् ।

काठमाडौंको ठमेलमा जारी जिल्ला सभापति भेलामा ३५ जना सभापति भौतिकरूपमा सहभागी छन् भने १२ जना भर्चुअलरूपमा सहभागी रहेको आयोजकले बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE