नेपाल रेडियोलोजिकल सोसाईटीद्धारा प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र (ज्ञापन पत्र सहित)

काठमाडौं । विभिन्न मागहरु राखेर नेपाल रेडियोलोजिकल सोसाईटीले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । बुधवार सोसाईटीका अध्यक्ष मुकेश कुमार झाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले सोसाईटीले प्रस्तुत गरेको बिषयलाई गम्भीरता पूर्वक लिएको भन्दै माग गराउने आश्वासन दिनु भयो । उहाँले सोसाइटीको जायज माग पुरा गर्न सरकारको तर्फबाट प्रयास गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

सोसाइटीले विगत लामो समय देखि भोग्दै आएका समस्याहरुलाई बुँदागत रुपमा लिखित ज्ञापन पत्र बुझाएका थिए । सोसाईटी अध्यक्ष मुकेश कुमार झाका अनुसार विगत लामो समय देखि देशभरीका रेडियोलोजिकलहरुले भोग्दै आएका समस्याहरु कुनै पनि सरकारले ध्यान नदिएको भन्दै आफुहरुको माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने बताउनु भयो ।
ज्ञापन पत्र

 

 

WRITE COMMENTS FOR THIS ARTICLE