महन्थ ठाकुर पक्षको नयाँ पार्टीको नाम जुराउने कसरतमा, लोसपा (लोकतान्त्रीक समाजवादी पार्टी ) राख्ने चर्चा

काठमाडौं । महन्त ठाकुरले पार्टीका लागि नयाँ नाम जुराउन छलफलमा जुटेका छन् । जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन दिएका महन्थ ठाकुर पक्षले निर्वाचन आयोगको मौखिक जानकारी पछि पार्टीको नाम परिवर्तन गरी नयाँ नामको बिषयमा पार्टीका नेताहरुसँग छलफलमा बसेका छन् ।

निर्वाचन आयोगमा दर्ता भइसकेको कुनै पार्टीको नामसँग अगाडि वा पछाडि अरु केही जोडेर अर्को पार्टी बनाउन नमिल्ने भन्दै निर्वाचन आयोगले प्रस्ट पारेपछि महन्थ पक्षले पार्टीको नयाँ नाम जुराउन छलफल थालेको छ ।

श्रोतका अनुसार आजै नयाँ पार्टीको नाम जुराउने गरी छलफल केन्द्रित भएको जनाइएको छ । नेताहरुबीच विभिन्न नामहरुमाथि अनौपचारिक छलफल जारी रहेता पनि औपचारिक रुपमा आजै बैठक बसी नामको बिषयमा टुङ्गो लाग्ने उनले बताए ।

यता, महन्थ ठाकुर निकट स्रोतका अनुसार नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने तयारी भइरहेको छ । यद्यपि त्यसमा अहिलेसम्म सहमति बनिसकेको छैन ।

 

WRITE COMMENTS FOR THIS ARTICLE