एनआरएन उपाध्यक्ष पदमा सुनिल साहको ससक्त उम्मेदवारी, विश्वभरीका एनआरएन सदस्यको भरपुर समर्थन

काठमाडौं । एनआरएनए एनसिसी अमेरिकाको निवर्तमान अध्यक्ष सुनिल साहले गैर आवासीय नेपाली संघ (एनआरएनए) को आइसिसी उपाध्यक्ष पदमा उम्मेदवारी दाबी प्रस्तुत गर्नु भएको छ ।

आगामी अक्टोवरमा हुने आइसिसीको निर्वाचनमा प्रजातान्त्रिक समूहबाट साहले उपाध्यक्षमा उम्मेदवारी दिन लाग्नु भएको हो ।

एनआरएनए अमेरिकाको अध्यक्ष रहँदा साहले सफलता पुर्वक भूमीका निर्वाह गरेका थिए । संघको आगामी कार्यकाल २०२१–२३ का लागि साहले उपाध्यक्ष पदमा उम्मेदवारी दिन लाग्नु भएको हो ।

साहले संस्थामा बटुलेको अनुभव र अग्रजको सल्लाहमा केन्द्रीय उपाध्यक्षको उम्मेदवारी दिन लाग्नु भएको बताउनु भएको छ । साह एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महत्तोको निकट रहेको बुझिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE