सदगुरु कैलाश मानसरोवार यात्रा, १०३ जनाको टोली हुम्लाको सिमिकोट पुगे

काठमाडौं ।  मानसरोवर कैलाश दर्शनका लागि सद्गुरु नेतृत्वको १०३ जनाको टोली हुम्लाको सिमिकोट पुगेको छ ।

हिन्दु र बौद्ध धर्मालम्बीको तीर्थस्थलका रूपमा परिचित कैलाश मानसरोवरको दर्शनका लागि टोली सिमिकोट पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

सदगुरु मंगलबार नै हुम्ला जाने कार्यक्रम तय भएको थियो । तर, खराब मौसमका कारण उडान हुन नसकेपछि उनी एक दिन ढिलो अर्थात् बुधबार मात्र हुम्ला पुगे । विमानस्थलबाट सदगुरुलाई मोटरसाइकलको व्यवस्था गरिएको भए पनि उनी हिँडेरै बास बस्ने स्थान सिमसार क्षेत्रको खेल मैदानसम्म पुगेका थिए।

टोली नाम्खा गाउँपालिका-६ मा रहेको लिमी उपत्यकाको ५ हजार मिटर उचाइँ हुँदै लाप्चाबाट मानसरोवर जानेछ ।
सदगुरु ईशा फाउन्डेशन नामक गैरनाफामुलक संस्थाका संस्थापक हुन्।

योग, ध्यान सिकाउनुका साथै सामाजिक एवं सामुदायिक विकास योजनामा अनवरत उनी गत शनिबार नेपाल आएका थिए । उनले ८ भाषामा १०० भन्दा धेरै पुस्तकको लेखेका छन्। ईशा फाउन्डेसनले भारतसहित, अमेरिका, इंग्ल्याण्ड, लेबनान, सिंगापुर एवं अष्ट्रेलियामा योग सिकाउँछ।

उनकाे वास्तविक नाम जग्गी वासुदेव हाे । उनकाे जन्म ५ सेप्टेम्बर १९५७ मा भारतकाे कर्नाटक राज्यको मैसुर सहरमा भएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE