लोकतान्त्रिक प्राध्यापक संघद्धारा विश्वविद्यालयको नियुक्तिमाथि आपत्ती प्रकट (विज्ञप्ती सहित)

काठमाडौं । लोकतान्त्रिक प्राध्यापक संघले विश्वविद्यालयले एकलौटी रुपमा गरेको पदाधिकारी नियुक्ति प्रति आपत्ती प्रकट गरेका छन । संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै विश्वविद्यालयको यस्तो कदम प्रति गम्भीर आपत्ती प्रकट गरिएको संस्थाका अध्यक्ष डा. उदय किशोर तिवारीले बताए ।

विज्ञप्तीमा संविधानले सुनिश्चिषत गरेको समावेशीता, समाजिक न्याय र मौलिक हकको समेत धज्जी उडाउँदै विश्वकविद्यालयले एकलौटी रुपमा गरेको पदाधिकारि नियुक्ति प्रति हाम्रो पुनः गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पटक पटकको चासो र खबरदारीका वावजुद पनि अटेर गरी हाम्रो मांगलाई नजरअन्दाज गर्दै हालै विभिन्न निकायमा भएका नियुक्ति र सिफारिसप्रति खेद प्रकट गरेका छन् ।

संघले असमावेशी एवं एकलौटी रुपले गरिएका यस प्रकृतिका नियुक्ति र सिफारिस तुरुन्त खारेज गर्न जोडदार मांग गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE