माधव नेपाल आँसु झार्दै भने, ‘साथीहरु मलाई अगाडि धकेलेर भागे’

काठमाडौं । नेकपा (एमाले)बाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) निर्माण गरेका माधव नेपालले आफूलाई युवा नेताहरुले धोका दिएको बताएका छन्।

पेशागत महासंघ नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी फुटाएर नयाँ यात्रा तय गर्न प्रोत्साहन गर्ने साथीहरु नै केपी ओलीजस्तो बेइमान मानिससँग लागेकोमा अचम्म मानेको बताए।

अन्तिम अवस्थामा आएर आफ्नो साथ छाडेका नेताहरुलाई व्यंग गर्दै उनले भने, ‘मलाई धकेलेर अगाडि बढ भन्नेहरु नै पछाडि हेर्छु त कोही छैन।’

दोस्रो पुस्ताका नेताहरु बलियो दृढता लिएर आफ्नो पार्टीमा आएमा आफू खुशी-खुशी नेतृत्वबाट आराम गर्ने र अध्यक्ष पद युवा पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन्।

उनले पहिलाेपल्ट सार्वजनिक कार्यक्रममै अनुहार मलिन (रूदै) बनाएर भावुक हुँदै भने, ‘दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म खुशी-खुशी तयार छु। आउनुहोस्, अध्यक्ष बन्नुहोस्। बलियो नेतृत्व गरेर पार्टीलाई उचाइमा लग्नुहोस्। मैले पदको लागि विद्रोह गरेको होइन्, वैचारिक सत्यको लागि विद्रोह गरेको हुँ।’

ब्रेकएनलिंकबाट साभार

WRITE COMMENTS FOR THIS ARTICLE