सप्तरी, १४ भदाै : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री राजविराज आइपुगेको छ ।
दैनिक दुई सय सिलिण्डरसम्म अक्सिजन भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न अस्पतालले आवश्यक सामाग्री ल्याइसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उक्त सामग्री अस्तालमा ल्याइएको झाको भनाइ छ।
साताभित्रै प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउने अस्पतालको तयारी छ।अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि सप्तरी सहित छिमेकी जिल्लाका अस्पतालमा पनि अक्सिजन आपूर्ति गर्न सहज हुने अस्पतालकाे भनाइ छ ।
हाल अस्पतालमा सातवटा भेन्टिलेटरसहित १५ शैय्याको आइसियू र १० शैय्याको एनआइसीयू तयारी अवस्थामा रहेको मेसु झाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1