काठमाडौं, १७ भदौ :  नायिका करिश्मा मानन्धरले व्यापार थालेकी छन् । उनले अन्तर्राष्ट्रिय इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान नेपाली बजारमा भित्र्याउन सफल भएकी छन् ।

रिसिक ट्रेडिङ कर्न्सन प्रालि मार्फत उनले इन्टेक्स ब्राण्डका सामानका लागि आधिकारिक विक्रेताको रूपमा भित्र्याउन थालेकी हुन् । नायिका मानन्धरले विश्वबजारमा आफूलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामान गुणस्तरीय र भरपर्दो रहेको दाबी गरिन् ।

कर्न्सनकी म्यानेजिङ डाइरेक्टर समेत रहेकी अभिनेत्री मानन्धरले घरायसी रूपमा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अबदेखि यो ब्राण्डलाई नै रोज्नेमा आफू विश्वस्त रहेको समेत बताइन् । इन्टेक्स ब्राण्डका सामान विश्व बजारमा २५ वर्षदेखि उपलब्ध छन् ।

इन्टेक्स ब्राण्डका अन्तर्राष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालका अनुसार इन्टेक्स ब्राण्डका सामानको एक वर्ष देखि १० वर्षसम्म वारेन्टी छ । आठ वर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोबाइल नेपाल भित्रिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0