काठमाडौं, १८ भदौं : नेकपा (एकिकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेको छ । भारतीय हस्तक्षेपविरुद्ध प्रर्दशनी मार्गस्थित आरआर क्याम्पस अगाडि विरोध प्रर्दशन गर्दै अनेरास्ववियुले शुक्रबार मोदीको पुतला जलाएको हो ।

विरोध प्रर्दशनीमा अनेरास्ववियुले भारतीय हस्तक्षेप मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे जस्ता नारा लगाएको थियो ।

प्रर्दशनका क्रममा मोदीको पुतला जलाउन खोज्दा प्रहरीले खोस्न थालेपछि झडपसमेत भएको थियो । झडपमा परी अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्त र सचिव अशोक थापा घाइते भएका छन् ।

अनेरास्ववियुका सचिव मेघनाथ चापागाईंका अनुसार अध्यक्ष पराजुलीको छाती र हातमा आगोले पोलेको छ । उनलाई मोडल अस्पतालमा उपचार पश्चात कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0