सर्लाहीको २० पालिका र १०० परिवारलाई महिला मैत्री समाजद्धारा राहत वितरण

सर्लाही, २१ भदौ । नेपाल भारत महिला मैत्री समाजले सर्लाहीको २० वटै पालिकामा विपद् पिडितहरुका लागि राहत सामग्रीहरु हस्तान्तरण गरेको छ । सोमवार सर्लाही सदरमुकाम मलंगवामा एक कार्यक्रमका बीच समाजले २० वटै पालिका प्रमुखलाई राहत हस्तान्तरण गरिएको हो ।

भारत सरकारको सहयोगमा नेपाल भारत महिला मैत्री समाजले सर्लाहीको २० वटै पालिकालाई ठुलो साइजका टेन्टहरुका साथै राहत रामग्री वितरण गरिएको संस्थाका अध्यक्ष चन्दा चौधरीले बताउनु भयो । सो अवसरमा जिल्लाका करिब १२० बाढीपहिरो तथा आगलगी लगायत विपद्बाट पिडितहरुलाई राहत वितरण गरिएको थियो । प्रत्येक व्यक्तिलाई एक थान त्रिपाल र एक थान चटाई (पटिया) वितरण गरिएको नेपाल भारत महिला मैत्री समाज संस्थाले जनाएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रममा पालिका प्रमुखहरुलाई राहत सामाग्री हस्तातरण गरिएको छ । हस्तातरण गरिएको राहत सामाग्रीमा ठूलो टेण्ट, त्रिपाल र चटाई (पटिया) लगायत रहेको छ । त्यस्तै विपद् व्यवस्थापन समितिका अध्यक्षलाई प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई ३० थान ठूलो टेण्ट हस्तातरण गरिएको छ ।

सो अवसरमा बोल्दै संस्थाकी अध्यक्ष चन्दा चौधरीले भारत सरकारले नेपाली जनतालाई आपतविपद्मा सहयोग गर्न तयार रहेको बताउँदै सर्लाही जिल्लाको लागि आफु जहिले पनि व्यक्तिगत र संस्थागत रुपमा सकेको सहयोग गर्न तयार रहेको बताउनु भयो । राहत उपलब्ध गराएकोमा भारत सरकार र नेपाल सरकारलाई समेत उनले धन्यवाद दिइन ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सर्लाही जिल्लाका विपद् पिडितहरुलाई सहयोग गरेकोमा संस्थाका अध्यक्ष चन्दा चौधरी र भारत सरकारलाई सहयोगको लागि आभार तथा धन्यावाद ज्ञापन गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको अध्यक्षतामा सम्पन्न राहत वितरण कार्यक्रममा नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष एवम् संघिय सासद चन्दा चौधरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी, सर्लाहीका पालिका प्रमुख, उपप्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागीता रहेको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE