ओलीको आरोप- सभामुख एमाले सिध्याउन खाेज्नेकाे मतियार बने

काठमाडौं, २३ भदौ: प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि गम्भीर आरोप लगाएका छन् ।

एमाले संसदीय दलको जारी बैठकलाई सम्बोधन गर्दै ओलीले सभामुख सापकाेटा एमाले सिध्याउन खाेज्नेहरूको मतियार बनेको बताए । एमालेले आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको पत्र बुझाउँदासमेत सभामुख सापकोटाले सूचना जारी नगरेर एमाले सिध्याउनेहरूको मतियार बनेको ओलीको भनाइ छ ।

एमालेले कारबाही गरिसकेको नेताहरूलाई निर्वाचन आयोगलेसमेत सनाखत गराएको उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE