काठमाडौं, ३० भदौ: आज बुधबार बिहान काठमाडौंसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भएको छ । भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति लुम्बिनीका धेरै स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

बिहीबार लुम्बिनी र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । बिहीबार राति प्रदेश २ र बागमतीका केही अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0