पार्टीको निर्णय प्रति प्रदिप यादवको गम्भीर असन्तुष्टिः जानधार र योगदानको कदर गर्न नेतृत्वबाट चुक भएको आरोप

काठमाडौं । जसपा नेपालका युवा नेता तथा पर्साबाट सांसद रहनु भएका प्रदिप यादवले मन्त्री चयन गर्दा पार्टी नेतृत्वले गम्भीर चुक गरेको भन्दै नेतृत्व प्रति अन्तुष्टि जनाउनु भएको छ । पार्टी नेतृत्वले मन्त्री चयन गर्दा क्षमता र योगदानको कदर नगरेको भन्दै सामाजिक मार्फत असन्तुष्टि जनाउनु भएको हो ।
उहाँले लेख्नु भएको स्टाटस यस्तो छ ः

जानधार र योगदानको कदर गर्न नेतृत्वबाट गम्भीर चुक
मधेश आन्दोलनको उद्दगम स्थल हो बिरगञ्ज । बिद्रोहको बिगुल फुक्ने र आन्दोलनको आंधिबेरी ल्याउने स्थानलाई नजर अन्दाज र किनारा गरिएको छ ।
नाका जाम गरेर सरकारलाई दिने कडा दवाब होस या, अधिकारका निम्ती सहादतका लागि छाति फैलाउने हौसला बिरगञ्ज(पर्सा)ले सदैव राख्दै आएको छ ।
मधेशि जनअधिकार फोरम नेपाल स्थापनादेखि आफ्नो बलिदान र योगदान दिदै आएको बिरगञ्ज आज फेरी ठगिएको छ, यसले पर्सेली जनता दुखित र आक्रोसित भएका छन ।
हाम्रो पार्टिका अध्यक्षज्युले मन्त्रीमण्डलमा समावेश हुनेहरुको नाम छनौट गरिरहंदा सम्पुर्ण पर्सेलि जनताको नजर उनिमाथी थियो। यसपटक पक्कै पनि पर्सा र बिरगञ्जलाई न्याय र सम्मान गरिने छः बिशवास थियो ,योगदानको प्रतिफल दिईनेछ भन्ने बिस्वास थियो तर प्रतिफल उलटो भयो तर पनि नेतृत्वप्रति मेरो कुनै कमेण्ट छैन ।
म जनताको सेवक हुं सधै सेवामा लागि रहने छु । मुल्यांकन गर्ने जिम्मा फेरि पनि न्याय प्रेमी जनतालाई नै छोड्छु ।
जय जनता ।जय मधेश।

WRITE COMMENTS FOR THIS ARTICLE