भारत सरकारको सहयोगमा महिला मैत्री समाजद्धारा विपद पिडितलाई टेन्ट वितरण

बाराः नेपाल भारत महिला मैत्री समाजबारामा विपत पीडित विपन्न परिवारहरूको लागि राहत सामाग्री वितरण गरेका छन् । आइतवार बाराको कलैयामा एक कार्यक्रमकोबीच समाजले विपदमा परेका करिव ७० घर विपन्न परिवारहरुलाई टेन्ट लगायतको सामग्री वितरण गरिएको थियो ।

सो कार्यक्रमका अध्यक्ष जिल्ला समन्वयन समितिका अध्यक्ष एवम् लोसपा नेपालका नेता नवलकिशोर सिंह,प्रमुख अतिथि पूर्व मन्त्री एवम् नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष ,संसद मा.चन्दा चौधरी चौधरी, भारतीय महाबाणिज्य दुताबास वीरगञ्जका कन्सुलर तरुण कुमार,नेता श्याम गुप्ता,पिंकी यादव,प्रसौनी गाउँपालिकामा प्रमुख भोला प्रसाद गुप्ता,जय प्रकाश साह,जिल्ला प्रशासन प्रमुख कृष्ण बहादुर कटुवाल ,प्रहरी उपरीक्षक दीपेन्द्र साहि लगायत पार्टीका नेतागणको उपस्थिति रहेको थियो ।

भारत सरकारको सहयोगमा प्राप्त भएको सामग्री प्रदेश २ को ८ जिल्ला सहित लुम्बिनी प्रदेशको २ जिल्ला गरी जम्मा १० जिल्लामा राहत वितरण गर्ने कार्य यस अघि नै सम्पन्न भई सकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE