काठमाडौं, १९ पुस :  नेकपा माओवादी केन्द्रको अर्को केन्द्रीय समिति बैठक पुस २५ गते बस्ने भएको छ।

आगामी पुस २५ मा बस्ने बैठकले पदाधिकारी र बाँकी रहेका केन्द्रीय सदस्य चयन गर्ने माओवादीले जनाएको छ ।

यसका साथै वर्षमान पुन चीनबाट फर्केपछि माओवादीले पदाधिकारी घोषणा गर्ने भएको छ । माओवादी केन्द्रीय सदस्य बोधमाया यादवले भोली पुन चीनबाट फर्किने र त्यसपछि मात्रै पार्टीले पदाधिकारीको घोषणा गर्ने बताएकी हुन् । पुन स्वास्थ्य उपचारका लागि चीनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0