बिक्रम भण्डारीको अथक प्रयासमा नेपालको बहुचर्चित मदिरा ब्राण्ड ‘यार्सागुम्बा’ जापानको बजारमा

काठमाडौँ । नेपालको बिस्वस्तरिय प्रिमियम ह्विस्की यार्सागुम्बा जापान पुगेको छ । एभरेष्ट हब्र्स प्रालीले उत्पादन गरेको प्रिमियम मदिरा ब्राण्डलाई जापानको तोमोदाची हब कम्पनीले जापान पुर्याउन सफल भएको छ । लामो समयको प्रयास पछि नेपाली ब्रान्डको बहुचर्चित मदिरा जपानी रक्सीका पारखीको लागि काठमाडौबाट निर्यात गर्न सफल भएको तोमोदाची हबले जनाएको छ । यार्सागुम्बासहित विभिन्न जडिबुटी मिश्रित यार्सागुम्बा ह्विस्की यसअघि अष्टे«लिया, चीन निर्यात भएर पारखीहरुको मन जित्न सफल भैसकेको छ । नेपालमा छोटो समयमा नै स्थापित यार्सागुम्बा विदेशी मदिरालाई विस्थापित गर्दै तारे होटलमा अत्यधिक माग हुने डोमेस्टिक ब्रान्डमा पर्छ ।

जापानमा पहिलो पटक नेपाली मदिरालाई लाइसेन्स लिएर निर्यात गर्न तोमोदाची हबका प्रबन्ध निर्देशक बिक्रम भण्डारीले जापान ल्याउन सफलता हात पारेको छ । नेपाल हिमालयको देश भएको र जापानीजलाई नेपालको हिमाल र यार्सागुम्बाको बारेमा थाहा भएका कारण पनि यो ब्राण्डलाई सहजै चिनाउन सजिलो भएको प्रबन्ध निर्देशक भण्डारीले बताए ।

हामीले पहिलो पटक कोभिड महामारीकै बीच जापानमा निर्यात गरेको भएपनि जापान ल्याएको पहिलो हप्तामा नै यार्सागुम्बाको बारे राम्रो प्रतिक्रिया प्राप्त भएको छ, उनले हौसिदैं प्रतिक्रिया जनाए ।
यार्सागुम्बा अहिले जापानको टोकियो सहर आसपास मात्र उपलब्ध छ, हामीले जापानका मुख्य सहरका होटल, रिसोर्ट, क्लब, रेष्टुरेन्ट, बारलगायतमा यार्सागुम्बा पुराउने तयारी गरिरहेका छौं, भण्डारीले भने । अनलाइन अर्डर र सुपरमार्केटमा उपलब्ध गराउनका लागि पनि केहि कम्पनीसँग कुराकानी भइरहेको जानकारी दिए ।

लण्डनबाट एमबीए गरेका प्रबन्ध निर्देशक भण्डारी जापानमा व्यवसाय गर्दै आइरहेका छन् । जापानको होटल र रेष्टुरेण्टबारे राम्रो दख्खल राख्ने भण्डारीले छिटैं जापानका मुख्य सहरका प्रख्यात होटल र रेष्टुरेन्टमा यार्सागुम्बा उपलब्ध हुने भन्दै बजार बिस्तारमा लागि परेको बताए । जापानको अन्य शहरमा छिट्टै बजार बिस्तार गरि बढी भन्दा बढी जापानीज रक्सीको पारखी सम्म पुग्ने योजना रहेको उनले सुनाए । यो संगै अन्य नेपाली बहुचर्चित नेपाली वेभरेजहरु पनि जापान निर्यात गर्ने तयारी समेत रहेको उनले बताए । नेपालका राम्रो बिश्वाशिलो अन्य पेय पदार्थ के के संभव हुन्छ, हाम्रो टिमले अध्ययन अनुसंधान गरि प्रकृयामा अगाडि बढेको उनले योजना सुनाए ।

यार्सागुम्बालाई कम्पनीले वेभरेजको रुपमा प्रचार गर्दै आइरहेको छ । यार्सागुम्बामा ९ प्रकारका दुर्लभ जडिबुटी मिश्रण गरिएको कम्पनी जनाएको छ । स्वाथ्यका लागि औषधीको गुणसमेत रहेको कम्पनीको दाबी छ । नेपालको यार्सागुम्बा बिश्वबजारमा निकै चर्चित रहेको छ । तसर्थ यार्सागुम्बा सहित ९ अन्य हिमाली जडिबुटीको मिश्रणले यसको माग दिन प्रतीदिन विश्व बजारमा बढ्दै गएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE