डा. शाहको जाहेरीमा नक्कली दाँतको डाक्टर महतो प्रहरी फन्दामा

काठमाडौं । नक्कली दाँतका डाक्टर प्रहरीको फन्दामा परेका छन् । महोत्तरीको बर्दिवासमा विगत लामो समय देखि क्लिनिक सन्चालन गरी रहेका नक्कली डाक्टर दिलिप भन्ने सन्जय कुमार महतो प्रहरीको फन्दामा परेको हो ।

नक्कली डाक्डर महतो महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टल प्रा.लि. का सन्चालन हुन । दुई बर्ष पहिले एक दाँत उपचार गराउन गएका बिरामीलाई दाँत निकाल्दा मृत्यु भएको थियो । सोही बिषयलाई लिएर तत्कालिन नेपाल डेन्टल एसोसिएसनका कोषाध्यक्ष तथा वर्तमान उपाध्यक्ष डा. अजय साहले निज नक्कली डाक्टर विरुद्ध मुद्धा दर्ता गराएका थिए । मिति २०७७ बैशाख ८ गते दर्ता गराइएको सो मुद्धा लामो समयसम्म अनुसन्धानको क्रममा रहेको थियो ।

सो जाहेरीको आधारमा नक्कली डाक्टर महतोलाई इलाज सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर बालिष्ट सिंहले बताए । दुई वर्षअघि उनले धनुषा मिथिला नगरपालिका वडा नं. ९ की १९ वर्षीय रानी सिंह महतोको दाँत निकालेका थिए । डाक्टर हुँ भन्दै उनको दाँत निकाल्दा अत्यधिक रक्तश्राव भएर ज्यान गएको थियो । घटनापछि फरार रहेका नक्कली डाक्टर दिलिपलाई प्रहरीले महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जि जारी पश्चात पक्राउ गरिएको हो । उनलाई बर्दिबास बजारबाट पक्राउ गरिएको प्रहरीले बताए ।

दिलिपलाई पक्राउ गरी कारबाही गर्न माग आफुले दुई वर्ष पहिला नै गरेको बताउदै डा. शाहले काउन्सिलबाट मान्यता प्राप्त दन्त चिकित्क संग मात्रदाँतको उपचार गराउन विरामीहरुलाई आग्रह समेत गरे । नेपाल डेन्टल एसोसिएसनका उपाध्यक्ष साहले नेपाल सरकार र प्रदेश सरकारलाई यस्तो घटना पुनः दोहोदिन नदिन आग्रह गर्दै देशभरी रहेका यस्ता क्लिनिकहरुलाई कडा अनुगमन गर्नु पर्नेमा जोड दिए । यस्ता नक्कली डाक्टरहरुको विगविगीले सक्कली डाक्टरहरुको साखमा पनि असर पर्ने भएको हुनाले विरामीहरुले पनि उपचार गर्ने ठाँउमा जाँदा नक्कली र सक्कली पहिचान गरी उपचार गराउन हुन डा. शाहले आग्रह गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE