टेक्सास । नौ महिनामा मान्छे जन्मिन्छ । तर अमेरिकामा रहेको नेपाली पत्रकारहरुको संस्थामा एउटा गभ्भिर घटनाको छानविनमा दश महिना पुरा हुदाँ पनि मौनता साधिएको छ।

नेपालबाट अबैधरुपमा मान्छे झिकाउन नेपाल अमेरिका पत्रकार संघ नेजाको लेटरप्याड दुरूपयोगबारे छानविन गर्न तारा बरालको संयोजकत्वमा गत जुलाईमा एक समिति बनाइएको थियो ।

तर अर्का पत्रकार मधुशुधन अधिकारी र लेकनाथ भण्डारी सदस्य रहेको समितिले दश महिना पुरा हुदाँ पनि अझै प्रतिवेदन बुझाएको छैन। यसले घटना ढाकछोप गर्न लागिएको भन्ने आशंकामा बल पुगेको छ।

नेजाको लेटरप्याड दुरुपयोगको आरोप लगेका मध्येका एक जना तोया दाहाल अहिले गैर आवासीय नेपाली संघ अमेरिका बुद्दि सुवेदी समुहको प्रवक्ता छन्। एनआरएनए अमेरिकाको संस्थापन पक्ष र नेजाको संस्थापन पक्षको मिलोमतोमा तोया दाहाललाई जोगाउन छानविन समितिले सहयोगि भूमिका खेलेको आशंका गरिएको छ।

के हो नेजा लेटरप्याड काण्ड ?

नेजाको हरेक वर्ष साधरण सभा र अर्को वर्ष अधिवेशन हुन्छ । दुबै पटक प्रमुख अथितिमा नेजाले नेपाल पत्रकार महासंघका अध्यक्ष वा महासचिवलाई बोलाउने गर्दछ। सन् २०१८ मा सियाटलमा भएको अधिवेशनमा पनि नेजाले पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई प्रमुख अतिथिको रुपमा बोलाएको थियो।

सोही क्रममा दुतावासमा आचार्य सँगै अन्य ७ जनालाई पनि नेजाको लेटरप्याडमा निम्तो पुगेको खुलासा सन् २०२१ को जुलाइमा भर्जिनियामा भएको साधरण सभामा भयो।

कसरी भयो खुलासा ?

भर्जिनियामा सम्पन्न साधरण सभामा नेजाको निम्तोमा प्रमुख अथिति भएर आएका तर बिकासराज न्यौपानेको चुनाव प्रचारक बनेका नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यो घटनाको खुलसा गरेका थिए।

शुरुमा विपुलले यो कुरा तल्कालिन कार्यवहाक अध्यक्ष बिकासराज न्यौपानेलाई भने। त्यस पछि बिकासले कार्यसमितिको बैठका कुरा ल्याए। कार्यसमितिको तर्फबाट बिकासले साधरण सभामा एजेण्डा ल्याए र छानविनको प्रस्ताव खारे। अनि बिकासले नै रोजेका मान्छे छानविन समितिमा राखे।

विपुलले कसरी थापा पाए ?

नेजाको तत्कालिन कार्यसमितिको बैठकमा सहभागि एक पदाधिकारीका अनुसार शुरुमा पत्रकार महासंघका अध्यक्ष बिपुललाई काठमाडौं स्थित अमेरिकी दुतावसका भिषा दिन मानेन। कारण दुतावासले नेजालाई कालोसुचीमा राखेको छ।

दुतावासका कर्मचारीले नेजाको निमन्त्रणाको आधारमा भिषा दिन नसक्ने भने पछि बिपुलले आफु शुशिल कोइराला प्रधानमन्त्री हुदा सल्लाहाकार रहेको प्रमाण पेश र भिषा पाए । त्यो क्रममा दुतावासका कर्मचारीले नेजाको विश्वास नभएको र विषेश गरि सन् २०१८ मा सात जनालाई निम्तो आएको त्यसमा पत्रकार महासंघका तत्कालिन अध्यक्ष गोविन्द आचार्यलाई पनि शुरुमा भिषा नदिएको तर पछि पुष्पकमल दाहाल प्रचण्डको सल्लाहाकारको रुपमा मात्र भिषा दिएको जानकारी दिए ।

जवकी सन् २०१६ मा पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्ट र सन् २०१७ मा महासिचव उजिर मगरलाई नेजाको निमन्त्रणाकै आधारमा भिषा दिएको थियो। तर २०१९ मा नेजाले तत्कालिन महासचव रमेश विष्टलाई निम्ता पठाएको भए पनि भिषा नपाएकाले पाउन पाएनन् । रमेश विष्टले भिषा नपाउनु पनि सन् २०१८ मा नै दुतावासले नेजालाई कालो सुचीमा राख्नु भएको बताइयो।

त्यसपछि भयो साँठगाँठ, रातारात बदलियो समिकरण

चुनावी अधिवेशनमा बिपुलले ल्याएको सो खवरले बिकासराज न्यौपानेको भाग्य खुल्यो। किनकी उनलाई जसरी पनि जिताउने जिम्मा एनआरएनए संस्थापन पक्षले लियो। कारण उनीहरुलाई तोया दाहाललाई जोगाउनु थियो। सन् २०१६ देखि २०१८ सम्ममा नेजाको अध्यक्ष भोला आचार्य र महाचसिव तोया दाहाल थिए। अध्यक्ष भोला आचार्यले आफ्नो कार्यसमितिले अध्यक्ष वा महासचिव मध्ये एक जनालाई मात्र निम्तो पाठाउने निर्णय गरेको बताएका थिए । त्यस पछि हाल सम्म नेजाले के कति जनालाई दुतावसमा निम्तो पठाएको हो त्यो बारेमा छानविन गर्न समिति गठन भएको थियो।

तोया दाहालले शुरुमा किरण मरहठ्ठलाई अध्यक्षमा समर्थन गर्दै आएका थिए। एनआरएनको संस्थापन पक्ष अध्यक्ष बुद्दि सुवेदी, निर्वाचन आयुक्त विश्व वराल पनि किरण मरहठ्ठाकै पक्षमा थिए। एनआरएनएले पल्लो होटलमा बसेर नेजा कब्जा गर्न लाग्यो खवरदार भन्दै संस्थापक अध्यक्ष गिरिश भट्टराईले भाषण नै गरेका थिए।

तर अन्तिम समयमा तोया दाहाल समुहले बिकासको नाममा भोट भागे । किरणले उमेदवारी फिर्ता लिए। त्यो समय सामान्य लिइए पनि पछि एकले अर्कोलाई सहयोग गर्ने सहमति भएको बाहिरिएको थियो। त्यसको अर्थ बिकास जिताउन तोया समुहले सहयोग गर्ने र बिकासले लेटरहेड काण्ड ढाकछोप गर्न सहयोग गर्ने । सोही सहमति अनुसार नै तारा बराल समितिले अहिले सम्म प्रतिवेदन नबुझाएको बताइएको छ। तारा बराल बिकासराज न्यौपाने निकट हुन्।

साधरण सभामा कुरा डिसमिस

बिकास र तोयाकै सल्लाहमा अहिले नेजा चलाउने गरिएको छ। यति सम्मकी नेजामा पूर्व अध्यक्षहरुलाई पुरै अपमान गर्ने काम भएको भन्दै उनीहरु असतुष्ट बनेको बताइएको छ। नेजाको कुनै पनि कार्यक्रममा उपस्थित नभएकाहरुलाई सल्लाहाकार बनाइएको छ। पटक पटक भाग गर्दा पनि बिकासराज न्यौपालेले आर्थिक हिवास सार्वननिक गरेका छैनन् ।

नेजाको नाममा हजारौ डलर चन्दा उठाए पनि त्यसको हरहिसाब विकासले देखाउन सकेका छैनन्। यी सबै कुरा साधरण सभामा नै डिसमिस पार्ने गरि अहिले बिकास र तोया बिचमा सहमति भएको जनाइएको छ। तोयाको लेटरहेड दुरुपयोग ढाकछोप गर्न र बिकासको आर्थिक दुरुपयोगको मुद्दा मिलाउन नेजाको अवको साधरण सभा क्यालिफोर्नियामा गर्ने सहमति भएको छ । तोया दाहालल क्यालिफोर्निया बस्छन।
अर्को तर्फ नेजा साधरणसभाको सबै खर्च एनआरएनएका अध्यक्ष बुद्दि सुवेदीले बेहोर्ने आश्वासन दिएको बताइएको छ। बिकास र तोया बीच अर्को वर्ष हुने अधिवेशन टेक्सासमा गर्ने सहमति पनि भएको बताइएको छ । केही समय अगाडि क्यालिफोर्नियामा भएको नेपाल डे परेमा सहभागि हुदा यी दुई जानाले “दुई वटा साधरण सभाले अनुमोदन गरेको पछि कस्को के लाग्छ” भन्नै खुशिलयालि बनाएको त्यहाँ सहभागि एक पत्रकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0