काठमाडौं, २८ असार । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई बालकोटस्थित उनको निवासमा पुगेर लिउले भेट गरेका हुन् ।भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली , ईश्वर पोख्रेल लगायत सहभागी छन् ।

यस्तै, उषा किरण भण्डारी , अन्जन शाक्य तथा कृशा केसी पनि भेटवार्तामा संलग्न छन् । आइतबार काठमाडौं आएका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न कार्यक्रम छ ।प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भने अस्ति र हिजो माओवादी अध्यक्ष प्रचण्ड सङ भेट भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0