वीरगञ्ज, ६ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विमल श्रीवास्तवले राजनीतिबाट सन्यास लिने बताएका छन् । लोसपा परित्याग गरेर उनी एमालेमा प्रवेश गर्ने चर्चा चलिरहेका बेला राजनीतिबाट सन्यास लिन लागेको बताएका हुन् ।

केहिदिन अघि उनले चुनाव नलड्ने मनस्थिति मात्रै बनाएको बताएका थिए । लोसपाका कार्यकारिणी सदस्य समेत रहेका श्रीवास्तवले एक अनलाइनसँगको कुराकानीमा आफू राजनीति नै नगर्ने भन्ने निर्णयमा पुगेको बताए ।

‘राजनीतिमा नयाँ युथहरुलाई मौका दिनुपर्छ नि, सधैं हामी नै चुनाव लड्ने, सधैं हामीले नै पार्टीमा नेतृत्व गर्ने कुरा पनि त भएन नि’, उनले भने ‘त्यसैले राजनीतिबाट नै सन्यास लिने सोच बनाएको छु । बरु सामाजिक काममा लाग्छु । ’

५५ वर्षदेखि राजनीतिमा सक्रिय श्रीवास्तव एक पटक वडा अध्यक्ष, चार पटक मेयर, दुई पटक सांसद र एकपटक मन्त्री समेत भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0