
सप्तरी, ६ असोज । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचनको लेखा जोखा सुरु भएको छ । स्थानीय तहको निर्वाचनमा काँग्रेस पार्टीले बलियो उपस्थिती देखाएको स्थितीमा सत्तारुढ दलबीच गठबन्धन भए क्षेत्र नम्बर १ नेपाली काँग्रेसले पाउनु पर्ने दाबी गरी रहेका छन् ।
तर, यता जसपाले पनि सो क्षेत्र आफुहरुले पाउनु पर्ने दाबी छाडेका छनैन । जसपाले सो क्षेत्रबाट प्रतिनिधी सभा तर्फ वर्तमान सांसद डा. सूर्य नारायण यादव र प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह (रामबाबु) लाई उम्मेदवारको रुपमा अगाडि सारेका छन । यता, नेपाली काँग्रेसका जिल्ला सभापति रामदेव शाहले पनि आफनो दाबेदारी प्रस्तुत गरेका छन । स्थानीय तहको जनमतको आधारमा नेपाली काँग्रेस बलियो स्थितीमा देखिएका छन भने नेकपा एमाले पनि कमजोर नरहेको जानकारहरु बताउँछन ।
नेकपा एमालेको उम्मेदवारको हकमा दुई नेताबीच कडा प्रतिस्पर्धा रहेको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा नेता सुमन प्याकुरेल र दिवाकर देवकोटा मध्ये एक जनाले टिकट पाउने पक्कापक्की छ ।
चुनावी तालमेलः
एमाले नेताका अनुसार यदी सप्तरी १ जसपाको भागबण्डमा पर्यो भने आफुहरुलाई जित्नका सजिलो हुने तर्कना गर्छन । उनीहरुले जसपाले अगाडि सारेका दुवै उम्मेदवारको जित्न सम्भावना कम रहेको अनुमान गरेका छन । हुन पनि डा. सूर्य नारायण यादव सांसद भएपछि खासै केही उपलब्धी मुलुक काम जनताबीचमा नगरेको गुनासो रहेको जानकारहरु बताउँछन । तर, डा. यादव पुनः एक पटक सांसद बन्ने इच्छा राखेर टिकट पाए उम्मेदवारी दिनबाट पछि नहट्ने अडानमा रहेका छन ।
उनीसँगै अर्का मधेश प्रदेशका सामाजिक मन्त्री नवलकिशोर साह पनि संघीय सांसदका लागि तयारी गरेका छन । उनले आफु सप्तरीको १ (ख)मा विकासको काम धेरै गरेको हुनाले आफुले टिकट पाए जित्ने दाबी गर्दै आएका छन । तर उनको छविमा प्रश्न गर्ने उनकै पार्टीका कार्यकर्ता थुप्रै रहेका छन । जसले विकास निमार्णको काममा पारदर्शिता नअपनाएको, विकास निमार्णको काममा उपभोक्ता समितिसँग लेनदेन गरेको आरोप लगाउँछन तर उनले यो केवल आरोप मात्र भएको भन्दै यसमा सत्यता नभको दाबी गर्छन ।
यता, नेपाली काँग्रेसका स्थानीय कार्यकर्ता देखि जिल्लाका नेताहरुले सप्तरी क्षेत्र नं. १ कुनै पनि हालतमा काँग्रेसले पाउनु पर्ने अडान राखी रहेकाछन् । यदि काँग्रेसले यो क्षेत्रमा आफनो उम्मेदवार उठाउन पाए लगभग काँग्रेस जिल्ला सभापति रामदेव साहले टिकट पाउने निश्चितै जस्तो छ । यदि उनले टिकट पाएको खण्डमा उनी र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुनेछ ।
उच्च श्रोतका अनुसार, सप्तरी जिल्लाको हकमा ५ दलिय गठबन्धन भए नेपाली काँग्रेसले क्षेत्र १ बाट रामदेव साह र क्षेत्र ४ बाट यसअघि पनि जितेका सांसद तेजुलाल चौधरी लगभग निश्चितैछ ।
यता, जसपाले सप्तरी निर्वाचन क्षेत्र नं. २ र ३ मा आफनो उम्मेदवार उठाउनेछन । क्षेत्र नम्बर २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयं उम्मेदवारी दिने तय छ भने क्षेत्र नम्बर ३ को हकमा उपयुक्त पात्रको खोजीमा रहेको जसपाले श्रोतले जनाएको छ ।
माओवादीको तर्फबाट प्रतिनिधीसभामा अमर मण्डलको पनि दाबेदारी रहेकोछ तर उनले सो क्षेत्रबाट टिकट पाउने सम्भावना एकदमै न्यून छ ।
स्थानीय निर्वाचनको जितको अवस्थाः
गएको स्थानीय तहको निर्वाचनको आधारमा विश्लेषण गर्दा सप्तरी निर्वाचन क्षेत्रमा ५ वटा स्थानीय तह रहेका छन । जसमध्ये सप्तकोशी, कन्चनरुप र तिहरुत गाँउपालिका सहित ३ स्थानीय तहमा नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा जित हासिल गरेका छन । यता एक अग्नीसाइर कृष्णसवरण गाँउपालिकामा नेकपा एमाले जित हात परेका छन भने हनुमाननगर कंकालिनी नगरपालिकामा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले जित हात पारेका छन ।
